८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

गौरीगंज गाउँपालिकालाई कोभिड अस्पतालका लागि स्वास्थ्य सामाग्री प्रदान, ४१ जना संक्रमितलाई घर घरमै पौष्टिक आहार पुर्याइदैँ



स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, संजालका अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम संयोजक कुमार चुडाललगायत पदाधिकारीहरु

गाैरीगंज३१, बैशाख / बढ्दै गईरहेकाे काेराेना भाईरस संक्रमणकाे राेकथाम तथा नियन्त्रण गर्न गाैरीगंज गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ । गाउँपालिकामा स्थापना गरिएकाे काेभिड अस्पताललाई सहयाेग पुग्ने उद्देश्यले लुथरन विश्व फेडेरेसन नेपालसंगकाे सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजालले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै संजालका पदाधिकारीहरु

संजालका अध्यक्ष साेमनाथ भट्टराईले गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई उत्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे थियाे । संस्थाले ५ थान बेडसिटसहित बेड,५ थान आई भि स्टाण्ड, तन्ना, सिरानी, ४१ जना विरामीका लागि पाैष्टिक अाहार, ग्लाससहित भाईजर, पीपीई, मास्कलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे थियाे । साेही अवसरमा संस्थाका अध्यक्ष साेमनाथ भट्टराई , कार्यक्रम संयाेजक कुमार चुडाल, गाैरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, स्वास्थ्यकर्मी अविनास सिंहलगायतकाे उपस्थिति थियाे ।

त्यसैगरी संस्थाले झापा गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । गाउँपालिकालाई काेभिडका विरामीका लागि वेड, , पाैष्टिक आहार र ८० वटा एन्टीजेन्ट किटसमेत प्रदान गरेकाे थियाे । हस्तान्तरण पश्चात् गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ , संस्थाका अध्यक्ष साेमनाथ भट्टराई, कार्यक्रम संयाेजक कुमार चुडाल, स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्र, अविनास सिंहलगायतले काेराेना संक्रमित कै घरमा पुगेर पाैष्टिक आहार प्रदान गरेका थिए । बदाम, काजु किसमिसलगायतका ड्राई फुडकाे प्याकेट विरामीका परिवारलाई प्रदान गरिएकाे थियाे ।

कोभिडका विरामी परिवारलाई पौष्टिक आहार प्रदान गर्दै गाउँपालिकाका अधयक्ष बाबुराजा श्रेष्ठ र संजालका अध्यक्ष सोमनाथ भट्टराई

गाउँपालिकाका ४१ जना काेराेना संक्रमितका लागि संस्थाले पाैष्टिक आहार हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाका ४१ जना संक्रमितका घरमै पुगेर स्वास्थ्यकर्मीसहित पाैष्टिक आहार पुर्याउने र उनीहरूलाई स्वास्थ्य परामर्श दिईने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : ३० बजे